
धादिङ । धादिङ जिल्लाले पहिलो पटक प्रदेश स्तरीय क्रीकेट प्रतियोगितामा भाग लिएको छ । बागमती प्रदेश सरकारले आयोजना गरेको खेलकुद प्रतियोगितमा धादिङ सहित प्रदेशका सबै जिल्लाले भाग लिने छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान चितवनमा चैत २ गते साढें १२ बजे हुने पुरुष क्रिकेट प्रतियोगिता धादिङले पहिलो खेल रसुवा सँग खेल्ने भएको छ । यति बेला काठमाडौमा बन्द प्रशिक्षमा रहेको धादिङको क्रिकेट टिम जिल्ला खेलकुद विकास समितिको विदाई कार्यक्रमका लागि मंगलबार गजुरी स्थित गलौदीमा १२ बजे आउने र त्यहाँबाट चितवन प्रस्थान गर्ने छ ।
धादिङका खेलाडीहरु प्रदेशको प्रतियोगिता खेल्न उत्साहित छन्, सबै जिल्लाबाट राम्रा खेलाडीहरु छानिएर आएका हुन्छन्, कतिपय टिमबाट राष्ट्रिय अनुभव बटुलि सकेका खेलाडी समेत आउँछन् यस्तो खेलमा सहभागित हुन पाउनु अवसर भएको धादिङका टिम म्यानेजर उदय थापा बताउँछन् ।
धादिङमा क्रिकेट संघ गठन भएपछि प्रदेश स्तरमा भाग लिएको यो पहिलो पटक हो । मैले मेरो क्षेमताले भए सम्म एक साताको बन्द प्रशिक्षणमा अनुभव सेयर गरेको छु । टिम राम्रो छ यो पटक धादिङ फाईनलको दावेदार रहेको टिम कोच शेरबहादुर लामाले धादिङपोष्टलाई बताए ।

धादिङको क्रिकेट टिम
उज्वल थापा, अमृत थापा, कौशल रुपाखेती, रुपेश भुजेल, विकेश श्रेष्ठ, आरम्भ तिमल्सिना, श्रीकृष्ण उपाध्याय, सचिन श्रेष्ठ, आशिष मिया, एन्जल सिलवाल, सन्देश थापा, सन्देश सापकोटा, सुजित श्रेष्ठ
टिम म्यानेजर: उदयबहादुर थापा
टिम कोच: शुनिल लामा
प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश छन् । मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । जसमा पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल, थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टन जारी छ भने भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।
चितवनमा फागुन ३० देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।
त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।
प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १,२४९ गरि कुल २,१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्नेछन् ।