सिर्जनासंग आक्रोश पोख्नुको के तुक ?

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ३०, २०७८

जनयुद्ध
आजसम्मको नेपाली समाजको
परिवर्तनको आन्दोलनको
सबैभन्दा विशाल संघर्षको गाथा थियो ।

जनयुद्धमा आधारित भएर
हजारौं शानदार कथाहरु, सयौं शानदार सिनेमाहरु,
हजारौं शानदार गीतहरु, सर्ट मुभीहरु,
उपन्यासहरु र सिर्जनाहरु बन्न
सम्भव थियो र छ पनि ।

तर, सर्जकहरु
अझ मार्क्सवादी, वामपन्थी र प्रगतिशील सर्जकहरुले
त्यसमा कम कलम चलाएका छन
र कम मेहनत गरेका छन ।
जसले लेखेका छन् या मेहनत गरेका छन,
कलाको दृष्टिले कमजोर देखिएको छ ।
जसका कारण
लाखौं शानदार सिर्जनाको विशाल स्रोत जनयुद्ध
कलाक्षेत्रमा ओझेलमा परेको छ ।
यो हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने सवाल हो ।

प्रकाश सपुतको गीतमा जस्तै
सत्ता सयरमा मस्त हुनेहरुले
जनयुद्धको सौन्दर्यचेतसंग नगाँसिएका
प्रकाश सपुतको
एउटा तथ्यपरक, काल्पनिक अथवा आलोचनात्मक सिर्जनासंग
आक्रोश पोख्नुको के तुक ?
जाग्रित रायमाझि