झार्लाङको शिंगलादेवी स्कुलमा खुकरी काण्ड, शिक्षकलाई समेत खुकुरी हान्ने प्रयास

Avatar photo
उपेन्द्र जम्कट्टेल
शनिबार, फाल्गुन २८, २०७८

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँ पालिका साबिकको झार्लाङ वडा न १ दुर्जागङमा अवस्थित शिंगलादेवी माध्यामिक विदालयका शिक्षकहरुले खुकुरी काण्डका कारण विद्यलयमा उपस्थित हुन नसक्ने जनाएकाछन् ।

विद्यालय व्यवस्थापन समितिलाई पत्र लेख्दै सिक्षकहरुले विद्यार्थी विद्यार्थीको झगडामा शिक्षकलाई समेत खुकुरी हाल्ने प्रयास भएकोले यस विषयमा व्यवस्थापन समितिले निर्णय नगर्दा सम्म विद्यालयमा उपस्थिति नजनाउने बताएका हुन् ।

विद्यालयका प्र. अ. विमल लामा लोप्चनले धादिङपोष्ट सँग कुरा गर्दै भने, शिक्षकहरुको माग जायज छ, शिक्षकको सुरक्षा हुन्छ, व्यवस्थापन समितिको तत्काल मिटिङ बसेर केहि निर्णय गर्छौं । आज शनिबार भई हाल्यो भोलि आईतबार सबै शिक्षकहरु विद्यालय आउने बातवरण बन्छ । पठनपाठन रोकिँदैन ।

शुक्रबार कक्षा ८ को बिमल तामाङले कक्षा ७ को रुबिन तामाङलाई खुकुरी हाने सँगै छुट्याउन जाँदा शिक्षकलाई समेत खुकुरी हान्ने प्रयास गरेका थिए ।

गत वर्ष यस विद्यालयमा अज्ञात समुहले आगो लगाइदिँदा महत्वपूर्ण कागजात र भौतिक सामाग्रीहरु नष्ट भएको थियो । आगलागीबाट दुई कोठे आफिस कोठा र दुई कोठे पुस्तकालय क्षेति पुगेको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगलागीबाट पुस्तकालय भवन र पुस्तकालय भित्र रहेको हजारौं पुस्तकहरु र आफिस कोठा भित्र रहेको दुइटा दराज टेबल कुर्सी महात्वपूर्ण कागजातहरु ५ थान कम्प्युटर र एक थान वाइफाइ राउटर क्षति जले नष्ट भएको थियो ।