नेपाल विश्वकपमा पुग्न आज दिउँसो युएईसँग खेल्ने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १०, २०७८

काठमाडौं । नेपालले अष्ट्रेलियामा हुने टि२० विश्वकप २०२२ मा स्थान बनाउन आइसिसी टि२० विश्वकप छनोट ए को सेमिफाइनलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग दिनको ३:४५ बजे प्रतिस्पर्धा गर्ने भएको छ ।

आज हुने सेमिफाइनलमा युएईलाई पराजित गरे नेपालले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्यो ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भएको खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले सेमिफाईनल पुग्न १४.१ ओभरमा पूरा गरेको थियो ।

समूह बीबाट विजेता बन्दै मंगलबार सेमिफाइनलको खेल नेपालले युएईसँग खेल्नेछ । टस जितेर ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रन बनाउँदै अलआउट भएको थियो । आजको खेलमा कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाए । दीपेन्द्रले २७ रनको योगदान गरे ।

नेपालले आज सेमिफाइनलमा युएईलाई हराएको खण्डमा आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा पुग्ने लक्ष्यका साथ मंगलबार युएईविरुद्ध मैदान उत्रनेछ । कप्तान सन्दीपले बिग डे भएको बताउँदै आफ्नोतर्फबाट शत प्रतिशत दिने बताए ।