
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्स सँग खेल्दैछ ।
पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै रेलु टोली ओमानलाई पराजित गरेको नेपालले आज दोस्रो खेल बिहान ११स्४५ बजे अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्स सँग खेल्ने छ ।
छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
फिलिपिन्स भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
टि२० विश्वकप छनोट नेपालको खेल तालिका
फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १, मध्हान्न ११ : ४५
फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २, मध्हान्न ११ : ४५
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १, दिउँसो ३:४५
फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १
फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २
फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १