
धादिङ । माओवादी केन्द्र नीकट पत्रकारहरुको संस्था प्रेस सेन्टर बागमती प्रदेशको धादिङबेसीमा सम्पन्न दोस्रो पूर्ण बैठकले वागमती प्रदेश अन्तरगतका जिल्लाहरुमा इन्चार्ज तोकेको छ ।
प्रदेश अध्यक्ष यदु गौतमको अध्यक्षमा र प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा (जुगल) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बैठकले आशन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन संगठनलाई चलायमान बनाउनका लागि जिल्ला इन्चार्ज तोकेको जनाएको छ ।
बैठकले प्रेस सेन्टर बागमती प्रदेशको वरिष्ट उपाध्यक्ष नानीमैया विष्टलाई चितवनको, उपाध्यक्ष कपिलदेव खनाललाई रसुवा, उपाध्यक्ष अन्जु डेम्जोङलाई काभ्रे, सचिव सन्तोष दाहाललाई सिन्धुपाल्चोक, सचिव ध्रुर्वचन्द्र खनाललाई रामेछापको इन्चार्जको जिम्मा दिएको हो ।
यस्तै प्रेस सेन्टर बागमती प्रदेशको बैठकले सचिव चन्द्रकला खत्रीलाई दोलखा, सचिव गम्भीर विकलाई सिन्धुली, सचिव इच्छापूर्ण कार्कीलाई नुवाकोट, सचिव सन्तोष देवकोटालाई धादिङ र सचिव सुमन गैरेलाई मकवानपूरको इन्चार्ज तोकेको छ ।