नेपाल आज बिहान ११:४५ बजे ओमान सँग खेल्दै

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ६, २०७८

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपालले आज शुक्रबार घरेलु टोली ओमान सँग खेल्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपाल र ओमान दुबै टोली जितका साथ सानदार सुरुवात गर्न चाहन्छन् । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् । चार देशबीच टि२० आई सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, गुलशन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र लोकेश बम ।

ओमानको टोली :
जिशान मकसुद (कप्तान), जतिन्दर सिंह, कश्याप प्रजापति, शोएब खान, मोहम्मद नदिम, अयान खान, नेस्टर धम्बा, सन्दीप गौड, नसिम खुशी (विकेटकिपर), खवर अली, अमिर कलिम, फयाज बट, कलिमुल्लाह, विलाल खान र खुर्मान नवाज

टि२० विश्वकप छनोट नेपालको खेल तालिका
फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १, मध्हान्न ११ : ४५
फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २, मध्हान्न ११ : ४५
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १, दिउँसो ३:४५
फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १
फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २
फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १