मछिन्द्र दुई खेल अगावै दोस्रो पटक च्याम्पियन

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ४, २०७८

काठमाडौं । मछिन्द्र फुटबल क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो ।

जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ । अब मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हार बेहोरेपनि दोस्रो स्थानको टोलीले भेट्नेछैन ।

छैटौ चरणमा उपाधि दावेदार मनाङलाई हराएपछि मछिन्द्रको उपाधि यात्रा थप सहज बनेको थियो । त्यसपछि मछिन्द्रले सातदोबाटोसहित लगातार छैटौ जित दर्ता गरेको छ ।

यस अघि मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो ।