
धादिङ । देशभरका चार हजार १ सय ५७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट हुँदा धादिङका ४५ वटा विद्यालय यस कार्यक्रमा छानिएका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धादिङबाट छनोट हुनेमा सबैभन्दा धेरै सिद्धलेकबाट १२ वटा विद्यालय छनोट भएका छन् भने, उत्तरी धादिङ रुबीभ्यालीबाट कुनैपनि विद्यालय छनोट भएन ।
धादिङबाट छनोट हुनेमा खनीयावासबाट ३ वटा, गंगाजमुनाबाट २ वटा, गजुरीबाट २, गल्छीबाट २, ज्वालामुखीबाट ५, त्रिपुरासुन्दरीबाट ३, थाक्रेबाट ४, धुनीबेसीबाट २, नीलकण्ठबाट ७, नेत्रावती डब्जोङबाट २ र बेनीघाट रोराङ बाट २ विद्यालय छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत मन्त्रालयले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।


