ए डिभिजन लिगः आजको दुबै खेल बराबरीमा सकियो

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३, २०७८

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरणको दुईखेलहरु गोल रहित अवस्तामा सकिएको छ । आज अंक तालिकामा पुछारमा रहेका चार क्लब मैदान थिए ।

जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब बीच खेल भएको थियो ।

बिबिसी र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीले दुवै टोलीलाई रेलिगेसनको दवाव यथावतै रहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलमा जावलाखेलका लोइक एनजिमीको दुई तथा रुप बहादुर लामाको एक गोल गरे । फ्रेन्ड्सका नाथानिल जुडे गार्सियाले दुई तथा जमोल एन्थोनी फ्रान्कोइसले एक गोल गरे ।

यो बराबरीसँगै अंक तालिकामा कुनै परिवर्तन भएको छैन । जावलाखेल ११ खेलबाट १० अंक जोडेर ११औं स्थानमा तथा फ्रेन्ड्स ७ अंक जोडेर १२औं स्थानमा यथावत रहेको छ ।