
काभ्रे । पनौती–४ का सुमेश थापा र नविना खड्काले विवाहमा हुने खर्च कटाएर जम्मा गरेको रकमबाट विपन्नलाई १० जनालाई ठेलागाडा सहयोग गरेका छन् ।
उनीहरुको आयआर्जनमा सहयोग होस् भनेर भोज, बाजा लगायतका खर्च कटाएर ठेलागाडा र दुई जनालाई रिक्सा सहयोग गरिएको बेउला बेहुली सुमेश थापा र नविना खड्काले बताए ।
आफ्नो सोचमा श्रीमती नविना र दुवैतर्फका परिवारको सहयोग भएपछि सहयोग गरेको सुमेशले बताए । ‘विवाह, भोज समाजमा देखासिकी र रवाफ देखाउने माध्यम बन्यो,’ सुमेशले भने, ‘समाजप्रतिको दायित्व पूरा गर्न पनि यस्तो निर्णय गरेको हुँ ।’ नविनाले अरुका लागि पनि उदाहरण होस् भन्ने सोचेले यस्तो सहयोग गरेको बताइन् ।
माघ २७ गते नविनासँग लगनगाँठो कसेका सुमेशले २० जना मात्रै जन्ती लगेका थिए । सुमेशसँग स्नातक र स्नातकोत्तर सँगै पढेका काठमाडौंका रघुनाथ कडरियाले साथीले गरेको निर्णयले गर्व लागेको बताए ।
