नेपाल र आयरल्यान्ड बीचको खेल आज दिनको ३:४५ बजे

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २, २०७८

धादिङ । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज आयरल्यान्डको सामना गर्दैछ । नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल अल अमेरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ ।

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने युएईविरुद्ध २५ रनको पराजय भोगेको थियो ।

आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।

आयरल्यान्डले भने नेपालमाथि हाबी हुदै आएको छ । पछिल्ला दुई खेल आयरल्यान्डले जितेको छ । अन्तिम पटक सन् २०१९ मा आयरल्यान्डले नेपाललाई १३ रनले पराजित गरेको थियो ।