
धादिङ । २७ औं ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा आज साँझ ५ बजे जिल्ला प्रशासन कार्यालय परिसर धादिङमा दिप-प्रज्वलन गरिने भएको छ ।
जिल्ला प्रशासन परिसरमा जनयु्द्धका महान सहिद तथा बेपत्ताहरुको सम्झनामा निर्मित प्रतिक्षालयमा आज जनयुद्ध दिवसको अवसरमा साँझ दिप-प्रज्वलन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका नेता तथा जनक्रान्तिका महान सहिद तथा बेपत्ता परिवार समाजका अध्यक्ष रामबहादुर भण्डारीले धादिङपोष्टलाई बताए ।
धादिङमा रक्तदान गरेर जनयुद्ध दिवस मनाईने
धादिङ । माओवादी केन्द्र धादिङले ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा फागुन १ गते धादिङबेसीमा रक्तदान गरिने जनाएको छ ।
२७ औं जनयुद्ध दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम फागुन १ गते बिहान साढें १० बजेबाट पार्टी कार्यालय परिसरमा सुरु हुने माओवादी केन्द्र धादिङले जनाएको छ ।
हिजो साँझ गजुरीमा दिप प्रज्वलन गरियो
२७ औ महान जनयुद्ध दिवसको पुर्व सन्ध्यामा शनिबार साँझ गजुरी बजारमा माओवादी केन्द्रले दिप प्रज्वलन गरेका थिए ।
