खेलकुद पूर्वाधार निर्माणको लागि आवेदनको म्याद थप

Avatar photo
Dhadingpost
बिहिबार, माघ २७, २०७८

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माणका लागि आवेदन मागको म्याद थप गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि आवेदन पेशको मागको म्याद थप गरिएको जनाएको छ ।

मन्त्रालयले कोभिडको कारण परेको समस्यालाई मध्येनजर गरेर ७ दिन म्याद थप गरिएको जनाएको छ । अब इच्छुक स्थानीय तहले फागुन १ गतेसम्म आवेदन पेश गर्न सक्ने छन् ।

युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका तयार पारेको कार्यविधिलाई मन्त्री परिषद्ले स्विकृती प्रदान गरेको थियो । पूर्वाधार निर्माणका लागि उपत्यका, पहाड र हिमाली क्षेत्रमा कम्तिमा २५ रोपनी र तराई क्षेत्रमा कम्तिमा २ विगाहा जग्गा भएको हुनुपर्ने व्यवस्था समेटिएको छ ।

यस अघि मन्त्रालयले पहिलो पटक प्रकाशित सूचनाको ३५ दिन भित्र इच्छुक स्थानीय तहले आवेदन पेश गर्न भनेको थियो ।
सरकारले तीन वर्ष अघि प्रत्येक स्थानीय तहमा एक एक वटा खेलग्रामको पुर्वाधार निर्माण सम्बन्धी कार्यविधि पारित गरेको थियो ।