
धादिङ । धादिङबेसी सिरानबजारमा रहेको वाईज युनाईटड क्लवले क्यालिस्टेनिक्स (शारिरीक व्यायाम) पार्क स्थापना गरेको छ ।
उक्त पार्क सिरानबजार स्थित भगवती मन्दिर सँगै बनेको र आफ्नो शरीर फिट राख्न ईच्छुक व्यक्तिले नियमित निःशुल्क शारिरीक व्यायाम गर्नसक्ने वाईज युनाईटड क्लवले जनाएको छ ।
स्थानीय समाज सेवी भुपेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला फुटबल संघ धादिङका प्रवक्ता राजन भण्डारीको विशेष आतिथ्यतामा आज उक्त क्यालिस्टेनिक्स (शारिरीक व्यायाम) पार्क उद्घाटन गरिएको थियो ।
जिल्ला फुटबल संघ धादिङका प्रवक्ता भण्डारीले सिमित स्रोत साधनले स्थापना गरिएको र अत्यन्त महत्वपूर्ण काम भएको बताएका थिए ।