
धादिङ । नेकपा एमाले निकटहरुले धादिङबेसीमा रेडियो सौर्य १०५ मेगाहर्ज संचालनमा ल्याउने भएका छन् ।
“धादिङवासीको आवाज, रेडियो सौर्य १०५ मेगाहर्ज ” भनेर संचालनको तयारीमा रहेको यस रेडियोको लोगो सामाजिक संजालबाट सार्वजनिक गरिएको छ ।
एमाले स्रोतका अनुसार रेडियो सौर्य १०५ हाल १०० वाटको दर्ता गरिएको र पछि वाट थपिनेछ । यस रेडियो संचालनका लागि एमालेबाट निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनीधिहरु र व्यवसायीहरुले आर्थिक सहयोग गर्ने बताईएको छ
धादिङबेसीमा लोकतान्त्रिक आन्दोलनबाट जन्मिएको काँग्रेस निकट रेडियो लोकतन्त्र बन्द भएको बर्षौ भई सक्यो तर पहुँचका आधारमा नियमित लाईसेन्स नविकरण हुँदै आएको छ भने रेडियो धादिङ नेकपा एकीकृत समाजवादीका नेता गुरु बुर्लाकोटीको नेतृत्वमा संचालनमा छ ।
यस्तै माओवादी केन्द्रका नेता मनराज भण्डारीको नेतृत्वमा रेडियो विहानी संचालनमा छ । यी तीन वटै रेडियो ५०० वाटका हुन् भने धादिङबेसीमा बद्री अधिकारीको ५०० वाटको नीलकण्ठ एफएफ पनि संचालनमा छ ।