रुबीभ्यालीको लिङ्जो र लप्दुङमा हिमपातका तस्वीरहरु

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २१, २०७८


धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा गए मध्यराती देखि हिमपात भएको डेभिड घलेले र प्रदिप तामाङले धादिङपोष्टलाई जानकारी दिएका छन् ।

घलेका अनुसार रुबीभ्याली-१,२ र ३ मा हिमपातको कारण जनजीवन प्रभावित बनेको छ भने स्थानीयहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । धादिङको उत्तरी क्षेत्रमा यतिबेला भारी हिमपात भैरहेको त । रुबीभ्यालीमा मात्रै हैन खनियाबासको माथिल्लो क्षेत्रमा पनि हिमपात भैरहेको छ ।

हिमपातका कारण गाइ वस्तु चरण क्षेत्र, किसानहरुले लगाउने हिउदे बाली, गहु, जौ, फापर, हिउदे आलु, बन्दा, काउली, लासुन, प्याज पुरैहिउँले छोपेको छ भने, जनजीवन समेत कष्टकर बन्दै गएको छ ।
धादिङपोष्टका लागि तस्वीरः मार्कुस तामाङ र जस थापा