एसइई सञ्चालन प्रदेश सरकारलाई जिम्मा दिईने

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २१, २०७८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ ।

संविधानलेनै विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा राख्ने व्यवस्था गरेकाले अब कक्षा १० को अन्तिम परीक्षा प्रदेश सरकारले गर्नुपर्ने चौतर्फी दबाब बढ्दै आएको छ ।

अर्को तर्फ शिक्षा ऐनमा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार बोर्डलाईनै दिइएको हुँदा संशोधन नहुँदासम्म बाधा आएको बताइएको छ । अध्यक्ष शर्माका अनुसार उक्त बाधा फुकाउन बिहीबार बोर्डले प्रदेश सचिवको अध्यक्षतामा परीक्षा सञ्चलान तथा व्यवस्थापनको जिम्मेवारीसहित समिति बनाएर अघि बढ्ने प्रस्ताव मन्त्रालयमा लगेको हो ।

परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा लिएका हुन् । उनले प्रस्तावमाथि मन्त्रालयमा छलफल भइरहेको जनाए ।