एमालेद्वारा मुख्यमन्त्री पाण्डेलाई चेतावनी (विज्ञप्ती समेत)

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २१, २०७८

धादिङ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादीका नेता एवम् बागमतीका मुख्यमन्त्री राजेन्द प्रसाद पाण्डेलाई चेतावनी दिएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहिबार विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्व गरिरहेको व्यक्तिले संसदीय मर्यादा बिर्सिएको आरोप लगाउँदै विज्ञप्ती मार्फत चेतवानी दिएका हुन् ।

गत मंगलबार बागमती प्रदेशसभाको चौथो वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पूर्व मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य र सभामुख सानुकुमार श्रेष्ठबीच सवाल जवाफ भएको थियो ।

सोही विषयमा केन्द्रीत हुँदै प्रमुख सचेतक निरौलाले मुख्यमन्त्रीलाई पदीय मर्यादा कायम राख्न चेतावनी दिएका हुन् ।
यस्तो छ पाण्डे विरुद्ध विज्ञप्ती