नीलकण्ठ नगरपालिकामा औधोगिक ग्राम बन्ने

Avatar photo
Dhadingpost
बिहिबार, माघ २०, २०७८

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित रामकोट घिउरिनटारमा औधोगिक ग्राम बन्ने भएको छ ।

उधोग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आज भएको सम्झौतामा नीलकण्ठ नगरपालिकाको ८ नं. वडा स्थित रामकोट घिउरिनटारमा रहेका ५० रोपनी क्षेत्रफलमा उक्त औधोगिक ग्राम स्थापना हुने भएको हो ।

१४ करोड लागतको डि पि आर रहेको औधोगिक ग्राम मिति २०७८/९/३०मा मन्त्रिपरिषद बैठकबाट स्विकृत भएको थियो । औधोगिक ग्रामको स्थापनाबाट स्थानिय कच्चा पदार्थमा आधारित उधोगहरु स्थापना गरि युवा रोजगारी, उधमशिलताको विकासमा समग्र नीलकण्ठ नगरपालिका र धादिङ जिल्लाकै आर्थिक विकासमा महत्वपुर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

सम्झौतामा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र उधोग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह सचिव चन्द्रकला पौडेलले हस्ताक्षर गर्नुभएको छ । भने चालु आ.व.मा नै पुर्वाधार विकासका लागि ९२ लाख रुपैँया दिने सचिव स्तरिय निर्णय समेत भएको छ ।