जनप्रतिनीधिको बुढीगण्डकी जलविद्युत आयोजनालाई १६ बुँदे ध्यानाकर्षण

Avatar photo
Dhadingpost
बुधबार, माघ १९, २०७८

धादिङ । धादिङ र गोरखाका जनप्रतिनीधिले आज बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय सिउरेनीटारलाई १६ बुँदे ध्यानाकर्षण-पत्र बुझाएका छन् ।

धादिङ र गोरखाका जनप्रतिनीधिको संयुक्त बैठक बसेर तयार पारि आज आयोजनालाई बुझाईएको १९ बुँदे ध्यानाकर्षण-पत्रमा प्रभावित क्षेत्रको जग्गाको मुल्य निर्धारण गर्दा विगतमा देखिएको असमानतालाई एकरुपता कार्यम गर्नुपर्ने । घर-गोठ,बोट-विरुवाको मुअब्जा वितरण गर्नु पहिले वातावरणिय प्रतिवेदनको आधारमा पूनरवासको व्यवस्था गर्नुपर्ने रहेको छ ।

यस्तै सार्वजनिक संरचनाहरु विद्यालय, मठ मन्दिर, स्वास्थ्य संस्था आदिको उचित व्यवस्थापन गर्नु पर्ने । फिल्ड बुक कायम भएको तर पुर्जा नभएका जग्गा धनीलाई अविलम्ब पुर्जा दिलाई मुअब्जा दिनु पर्ने ।

आयोजनाको मोडालिटी तयार गरि तत्काल काम अगाडी बढाउनु पर्ने लगायतका मागहरु उक्त ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र जस्ताको तस्तैः