विद्यालय माघ मसान्तसम्म बन्द गर्न आदेश

Avatar photo
Dhadingpost
शनिबार, माघ १५, २०७८

काठमाडौं । सरकारले विद्यालय खोल्न अझै निषेध गरेको छ । कोरोना भाइरसको जोखिम अझै कायम रहेको भन्दै विद्यालय माघ मसान्तसम्म खोल्न निषेध गरेको हो ।

आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले पनि यसबारे निर्णय लिएको छ । बैठकपछि तीनवटै जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा विद्यालयसहित शैक्षिक संस्थाको क्रियाकलाप माघ महासन्तसम्म भौतिक उपस्थितिमा संचालन नगर्ने नगराउने भनिएको छ ।

यसअघि आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को बैठकले माघभर विद्यालय बन्दको सिफारिश गरेको थियो ।