धादिङको ३ वटा गाउँपालिकामा महिला भन्दा पुरुष बढी

Avatar photo
Dhadingpost
बिहिबार, माघ १३, २०७८

धादिङ । धादिङको जनसंख्या वृद्धिदर ०६८ सालको भन्दा ऋणात्मक देखिएको छ । ०६८ सालमा ३ लाख ३६ हजार ०६७ जनसंख्या रहेको धादिङमा ०७८ को जनगणना अनुसार घटेर ३ लाख २२ हजार ७५१ भएको हो ।

०७८ को जनगणना अनुसार धादिङमा पुरुष भन्दा ८ हजार ३३७ जना महिला बढी देखिएका छन् । पुरुष १ लाख ५७ हजार २०७ जना छ, भने महिलाको संख्या १ लाख ६५ हजार ५४४ जना छ ।

यस्तै धादिङको बेनीघाट रोराङ, गजुरी र थाँक्रेमा पुरुषको जन संख्या धेरै देखिएको छ भने अन्य पालिकामा महिलाको जन संख्या धेरै देखिएको छ । धादिङमा सबै भन्दा धेरै जनसंख्या नीलकण्ठ नगरपालिकामा ५८ हजार १५१ जना र सबै भन्दा कम रुबीभ्यालीमा १० हजार ४७२ जना जनसंख्या रहेको छ ।

नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।