कविता: “देश”

Avatar photo
Dhadingpost
बुधबार, माघ १२, २०७८

टिभी नखोलौ,
रेडियो नबजायौं !
समाचार नपढौं,
जानकार र विज्ञहरूका कुरा नसुनौं !
इतिहासलाई पूर्ण सत्य ठानौं ।
संविधानमा कुनै सन्देह नगरौं ।
जनताको खप्पर, विचार र गुनासोलाई पनि नजरअन्दाज गरौं।
देश सुन्दर छ।
…साच्चै धेरै सुन्दर छ यो देश ।