नेकपा एकीकृत समाजवादी नेतृ सुदूरपश्चिमबाट गरिमा शाह विजयी

Avatar photo
Dhadingpost
माघ १२, २०७८

काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गठबन्धनको उम्मेदवार गरिमा शाह विजयी भएकी छन् । शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।