गजुरीमा युवा संघको प्रदर्शन, देउवा र यादवको पुत्ला दहन

Avatar photo
Dhadingpost
बुधबार, माघ १२, २०७८

धादिङ । एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङले धादिङको गजुरी बजारमा राके जुलुस प्रदर्शन गरेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवा र विवादित भाषण गर्ने मन्त्री रेणु कुमारी यादवको पुत्ला दहन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल धादिङका ईन्चार्ज दिपक खतिवडा, राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश सचिव कमरेड मोदनाथ सिलवाल र नेकपा एमाले गजुरी गाउँपालीका अध्यक्ष माधव भण्डारीले उपस्तिथिमा मंगलबार साँझ भएको उक्त प्रदर्शन भएको हो ।

मन्त्री रेणु कुमारी यादवको हिंसात्मक अभिव्यक्ती, पेट्रोलियम पदार्थको मुल्य वृद्धि, स्थानीय निकायको निर्वाचनको मिति घोषणा नगरेकोमा सरकारको चर्को आलोचना गरेका थिए ।

संघका जिल्ला संयोजक कमरेड काजी श्रेष्ठले कार्यक्रमको सहजिकरण गरेका थिए । २५० भन्दा धेरै युवाहरुको सहभागीता सहितको जुलुसले सरकार, प्रधानमन्त्री र मन्त्री रेणु कुमारी यादवको बिरुद्वमा नाराबाजी समेत गरेका छन् ।