
धादिङ । जिल्ला मालपोत कार्यालय धादिङले बार अनुसार पालिकाहरुको पालो बनाई सेवा प्रवाह गर्दै आएको थियो । पछिल्लो समय सूचना जारी गर्दै कोरोनाको कारण देखाउँदै अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
सूचनामा भनिएको छ । सरोकारवालाहरुको स्वास्थ्य सुरक्षा र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
अदालत, अख्तियार दुरुपायोग अनुशन्धान आयोग र आयोजना परियोजनाको काम भने हुने सूचनामा भनिएको छ ।
