धादिङ । उत्तरी धादिङको सर्तेुङ गाउँ संडक संजाल सँग जोडिए सँगै स्थानीयले खुसीयाली मनाएका छन् भने डोजरलाई पुजा गर्दै डोजर चालकलाई सम्मान गरिएको छ ।
पूर्व मन्त्री दिनमान पख्रीनको व्यक्तिगत खर्चमा डिपीआर भए सँगै निमार्ण कार्य भएको दामन पाख्रिन राजमार्ग अन्तर्गतको सडक खण्ड रुबी भ्यालीको सेर्तुङ गाउँ संडक संजालले जोडिए सँगै आईतबार पुजाआज, डोजर चालकलाई सम्मान गर्दै स्थानीयले खुसीयाली मनाएका हुन् ।
सडक खण्डको ट्रयाक खनेर रुबी भ्याली ३ पुर्याको डोजर चालकलाई स्थानीयले भव्य स्वागत गर्दै सम्मान गरेका थिए । सो स्थानमा सडक पुगेसँगै स्थानीयमा खुसी छाएको स्थानीय तथा कांग्रेसका युवा नेता प्रदिप तामाङले जानकारी दिए । अब धादिङको रुबीभ्यालीको लापा रहेको वडा मात्रै सडक संजाल सँग जोडिन बाँकी रहेको छ ।