धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ खाल्टेबाट दर्जन भन्दा बढी एमाले कार्यकर्ताहरु कांग्रेसमा प्रवेस गरेका छन् । नव प्रवेसीहरुलाई नेपाली कांग्रेस धादिङका महासमिति सदस्य,नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाले शनिबार एक कार्यक्रमका बीच स्वागत गरेका थिए ।
कोरोना संक्रमणको महामारी चलि रहेको वेला खल्टेमा आयोजित कांग्रेसको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रियामा एमाले कार्यकर्ताहरु अम्बर हादुरग्यामी, नेत्र बहादुर ग्यामी, राम बहादुर ग्यामी, रेशम बहादुर ग्यामी लगायतले कांग्रस प्रवेस गरेका थिए ।
उक्त कार्यक्रममा कांग्रेस धादिङका महाधिवेशन प्रतिनिधि तिलक प्रसाद रूवाली, महासमिति सदस्य राजन बुर्लाकोटी, साविक खाल्टेका पूर्व अध्यक्ष,हस्त बहादुर मगर, वडा सदस्य सिताराम श्रेष्ठ, शिक्षक नेता नारायण नेपाल, नगेन्द्र रिमाल, तिलक ढुङ्गाना, राम प्रसाद खतिवडा, दिनेश थापामगर, नवराज खतिवडा लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।