धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा आजबाट आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगितामा ५ गाेल गर्दै छाेईलिङ युवा क्लबले विजय सुरुवात गरेकाे छ ।
प्रतियोगिताको आजको पहिलो दिन भएको खेलमा धादिङबेसी स्थित धादिङ फुटबल क्लव (डीएफसी) क्लव A ले लर्क्याप युनाईटेडलाई ० मा रोकेर ८ गोल गर्दै विजय सुरुवात गरेकाे थियाे भने दाेश्राे खेलमा नेत्रावती डब्जाेङ सेल्लेकाे छाेईलिङ युवा क्लबले कल्लावारी युवा क्लबकाे २ गाेलका विरुद्ध ५ गाेल गर्दै विजय सुरुवात गरेकाे हाे ।
माघ १५ गते सम्म चल्ने यस प्रतियोगिताको दोस्रो दिन ४ खेल हुने आयोजक संस्था विद्यार्थी उपकार संघ पात्लेले जनाएको छ । भोली आईतबार हुने खेलहरुमा विहान साँढे ७ बजे अन्नपूर्ण B र बिदुर, साढें ९ बजे धादिङ फुटबल क्लव B धादिङबेसी र लगनशिल युवा क्लव ज्वालामुखी, मध्यान्ह १२ बजे दाङसिङ युवा क्लव र जागरण समाज ए, यस्तै अन्तिम खेल दिउँसो २ बजे भञ्याङ युवा क्लव र कुपा युवा क्लव बीच हुने सुरेश तामाङले बताए ।
जिल्लाको सर्वाधिक राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिनेछन् । माघ १५ गते सम्म हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको छ ।