पात्लेमा आठौं मानबहादुर कप उद्घाटन हुँदै

Avatar photo
Dhadingpost
शनिबार, माघ ८, २०७८

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा आजबाट आठौं मानबहादुर कप फुटबल प्रतियोगिता हुँदैछ ।

जिल्लाको सर्वाधिक राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिने भएका छन् । माघ १५ गते सम्म हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०-२० हजार रहेको छ ।

आयोजक संस्थाका सुरेस तामाङका अनुसार आज पहिलो दिनको पहिलो खेलमा दिउँसो १२ बजे धादिङ फुटबल क्लव A र लक्र्याक युनाईटेड बीच हुने छ, भने दोस्रो खेल दिउँसो साढें २ बजे छोईलिङ युवा क्लव र कल्लावारी युवा क्लव बीच हुनेछ ।