
काठमाडौं । मौसमविद गंगा नगरकोटीका अनुसार नेपालमा हाल रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भए पनि शनिबार बिहानदेखि पश्चिम नेपालबाट अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ ।
जसको प्रभावले शनिबार‚ आइतबार र सोमबारसम्म क्रमशः मुलुकभर प्रभाव पार्ने विभागले अनुमान गरेको छ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका विभिन्न स्थानमा बादल लागेको छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।