
धादिङ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण भए सँगै होमआईशोलेसनमा रहेका रामनाथ अधिकारीले कार्यकर्ता भेटघाट बन्द गरेको पारिवारिक स्रोतले धादिङ पोष्टलाई बताएको छ ।
सुरुमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, खानाको स्वाद नहुने, खोकी लाग्ने लक्षण देखिएको भएपनि अहिले सभापति अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका सह सचिव नवराज तिमल्सिनाले बताए ।
