धादिङ । बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसका लागि आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलको संयोजकत्वमा श्वेतपत्र लेखन समिति गठन गरेको हो ।
प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमिकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्माले बताए ।
वैठकले मुख्यमन्त्री राजेन्द्र पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति पनि निर्माण गरेको हो । यसैगरी मन्त्रीहरु नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति वैठकले गठन गरेको छ ।