काठमाडौं । तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै प्रधानमन्त्री कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ ।
उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ भने उप-विजेतामा चित्त बुझाउनु परेको पुलिसले तीन लाख प्राप्त गरेको छ ।विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले पुरस्कृत गरे ।
पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो । जसमा ७ प्रदेश मध्य बागमती प्रदेशले सेमिफाईनल सम्म यात्रा गरेको थियो बागमतीलाई फाईनलमा पुग्न पुलिसले रोकेको थियो ।