
धादिङ । धादिङमा सङ्कास्पद कोरोना संक्रमितहरुले पीसीआई परिक्षण सहज रुपमा गर्न सक्ने वातावरण छैन तथापी पनि मंगलबार एकै दिन ९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको सूचना अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४६ पुरुष र ५३ महिला गरी ९९ जना संक्रमित भएका हुन् । जसमा निलकण्ठ २८, धुनिबेसी १९, ज्वालामुखी १२, बेनिघाट रोराङ ७, गल्छी ९, त्रिपुरासुन्दरी १२, गजुरी ९ र गंगाजमुनाका ३ जना हुन् ।
जिल्लाको सक्रिय केश २४४ पुगेको छ र सब जना होम आइसोलेसनमा रहेका छन् । १५९ एण्टिजेन परिक्षणमा ९९ पोजिटिभ आएको छ । पोजिटिभिटि रेट ६२।३५ रहेको छ ।