काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नेपाल पुलिस क्लब र एपीएफ बीच भाेली (बुधबार) हुने भएकाे छ ।
टियु क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको थियाे । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रनमा सिमित भएपछि पुलिसले फाईनल यात्रा सुनिश्चित गरेकाे थियाे ।
यस्तै आज भएकाे दाेश्राे सेमिफाइनलमा युवा ब्याटर लोकेश बम र आसिफ शेखको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल एपिएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको हाे ।
२ सय ३१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनायो ।