धादिङ । जिल्ला प्रशासनले कोरोना संक्रमण रोकथामका लागि २५ जना भन्दा बढी भेला हुन नपाई, मेला महोत्सवहरु गर्न नपाईने जनाए सँगै धादिङको खाल्टे फ्याक्सेमा माघ १ गते गोरु जुधाई महोत्सव स्थगित भएको आयोजकले जनाएको छ ।
धादिङ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जना भन्दा बढि भेला हुन नपाउने कुनै पनि सभा, समारोह, मेला, जात्रा गर्ननपाइने, विद्यालयहरु माग १५ गते सम्म बन्द गर्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपले पालना गर्न आव्हान गरे सँगै खेल्टेका यस वषृ गोरु नजुधाईने भएको हो ।
विगत केहि वर्ष देखि नियमित रुपमा खाल्टे फ्याक्सेमा गोरु जुधाई तथा बृहत साँस्कृतिक कार्यक्रम यस वर्ष नहुने भएको आयोजक चमेरे गुफा संरक्षण समाजका अध्यक्ष प्रितम श्रेष्ठले बताए । फाईल फोटो