विद्यार्थी जम्मा पार्दै, कोरोना बारे बताउँदै प्रहरी

Avatar photo
Dhadingpost
बुधबार, पुस २८, २०७८

धादिङ । धादिङबेसी खुल्ला मञ्चमा कोरोना संक्रमणबारे जनचेतना मुलक कार्यक्रम भन्दै प्रहरीले नै विद्यार्थी जम्मा पारेको देखियो । जिल्ला प्रशासनले नै २५ जना भदा बढी भेला हुन नपाउने निर्णय गर्ने, प्रशासनको आँगन मै रहेको खुल्ला मञ्चमा कोरोना भाईरसको तेस्रो चरणबारे जानकारी र सुरक्षा सम्बन्धि जानकारीमूलक कार्यक्रम संचालन गरेको भन्दै प्रहरीले विद्यार्थी जम्मा पर्ने गरेको दृष्य पनि मंगलबार देखिएको हो ।

प्रहरीले नै आफ्नो आधिकारीक पेजमा धादिङ बोर्डिङमा अध्यनरत १५० जना विद्यार्थिहरुलाई कोरोना भाईरसको तेस्रो चरणबारे जानकारी र सुरक्षा सम्बन्धि जानकारीमूलक कार्यक्रम संचालन गरिएको जनाएको छ । के यसरी जनचेतना मुलक कार्यक्रम गर्न कोरोना प्रोटकलले देला त ? नियमन निकायले बुझ्नु पर्दैन ।

धादिङमा बेनीघाट रोराङ गाउँपालिकाका विद्यालय भन्दा अन्य अन्य अधिकांश विद्यालय संचलनमा छन् । सरकारले पुस २७ गते देखि माघ १५ गते सम्म विद्यालय बन्द गराउन भने पनि धादिङका स्थानीय तहहरुले विद्यालय बन्द गराउने निर्णय नगर्दा विद्यालय बन्द नभएका हुन् ।

वेनीघाट रोराङले सूचना जारी गरेर कोरोना संक्रमणको जोखिम न्यूनिकरणको गर्न केन्द्र सरकारको निर्देशन अनुसार विद्यालयहरु बन्द गराएको छ भने अन्य पालिकामा विद्यालयहरु बन्द हुन सकेका छैनन् । त्यसो त धादिङको जनघनत्व सबै भन्दा बढी रहेको सदरमुकामका विद्यालयहरु समेत बन्द छैनन् ।

निलकण्ठ नगरपालिका शिक्षा समितिको सूचना पर्खेर बसेका छौं, बन्द गर्ने निर्णय नआएकोले संचालन भैरहेको एक विद्यालयका प्र.अ.ले बताए । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार बीचको असमान बुझाई, नियमन निकायको त्रुटीगत कार्यशैलीले गर्दा फेरि कोरोना संक्रमणदर बृद्धि हुँदै गएको त हैन ?