धादिङमा कोरोना संक्रमितको संख्या १९ पुग्यो

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २७, २०७८

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लामा कोराना संक्रमित हुनेको संख्या बढ्दो क्रममा देखिएकोले होसियारी अपनाउदै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

सोमबार १२ संक्रमित थपिएको भएपनि आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज जिल्लामा ६२ एण्टिजेन परिक्षण गरिएकोमा धुनिबेसी नगरपालिकामा २ र जिल्ला अस्पतालमा ३ गरि ५ पोजिटिभ आएकोे स्वास्थ्य कार्यालय धादिङले जनाएको हो ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ९० पुगेको छ । संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन् ।