
धादिङ । धादिङ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जना भन्दा बढि भेला हुन नपाउने निर्णय गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालको अध्यक्षमा बसेको बैठकले कोभिड–१९ को परिवर्तित स्वरुप ओमिक्रोनको जोखीम बढ्दै गएकाले सुरक्षाका मापदण्ड पूर्ण रुपले पालना गर्न आव्हान गर्दै र सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाईने निर्णय गरेको हो ।
सभा, समारोह, मेला, जात्रा गर्न नपाईने कोभिड–१९ को निदानलाई प्रभावकारी र व्यवस्थीत पिसिआर र एन्टिजेनको परिक्षणको दायरा बढाईने र कोरोना संक्रमण देखिएकाहरुलाई अनिवार्य आईसोलेसनमा राख्न स्थानिय तह तथा स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने निर्णेय समेत उक्त बैठकले गरेको छ ।
यस्तै अक्सीजन उपलब्धता सहज बनाउने, औषधीजन्य सामाग्रीको मौज्दात कायम गर्ने, अक्सीजन प्लान्ट, कन्सन्टेटर चालु अवस्थामा राख्ने लगायतका निर्णयहरु भएको प्रमुख जिल्ला अधिकारी लंसालले धादिङपोष्टलाई बताए ।