धादिङबेसी खानेपानीका लागि ४५ करोड ६५ लाख स्वीकृत भयो -मेयर ढुङ्गाना

Avatar photo
Dhadingpost
पुस २७, २०७८

धादिङ । धादिङबेसी सदरमुकाममा खानेपानी तथा सरसफाईका लागि ४५ करोड ६५ लाख स्वीकृत भएको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले धादिङपोष्टलाई बताए । सदरमुकाममा देखीएको खानेपानीको समस्या हल गर्न र उच्च प्रविधिबाट खानेपानी वितरण गर्नको लागि सहलगानी खानेपानी तथा सरसफाई आयोजनाबाट रकम स्वीकृत भएको मेयर ढुंगानाले बताए ।

संघीय खानेपानी तथा ढल व्यावस्थापन आयोजना चितवनले काम सुरु गर्न संयुक्त खाता खोल्नको लागि नगरपालिकालाई चिठ्ठी पठाईसकेको छ, अब काम द्रुत गतिमा अगाडी बढ्ने समेत उनले बताए । धादिङ सदरमुकामको मुहार नै परिवर्तन हुने गरि सडक पेटी निमार्ण, तथा एक घर एक विरुवा रोपणको अवधारण लागु गरेको नीलकण्ठ नगरपालिकाले सदरमुकामका रिङरोड निमार्ण समेत जारी राखेको छ ।

आलोचना गर्नेहरुले आरोपको शब्दजालहरु बोकेर हिडेपनि आम नीलकण्ठबासीहरुले विकास प्रेमी जनप्रतिनीधिका रुपमालिने गरेका मेयर ढुङ्गानाले धादिङबेसी सदरमुकामलाई शहरीकरण गर्ने योजना अनुरुप थोपल खोला करिडोरको कामलाई पनि निरन्तरता दिई रहेका छन् ।

काम कारबाहीको आधारमा स्थानीय, पर्यटन लगायतका मन्त्रालयका सहसचिव सहित विज्ञटोलीले गरेको मुल्याङ्कनको आधारमा २ सय ९३ नगरपालिका मध्य दोस्रो र बागमती प्रदेशका ११९ स्थानीय तह मध्य नीलकण्ठ नगरपालिका प्रथम भएको समेत भएको यस नगरपालिका संस्थागत क्षमता स्वमुल्याङ्कनको १०० पुर्णअंकको सूचकमा ९३.५ अंक ल्याउदै उत्कृष्ट नगरपालिका बन्न समेत सफल भएको नगरपालिका हो ।

यस अघि ०७६/७७ मा पनि नलिकण्ठ नगरपालिका १०० पुर्णअंको सूचकमा ८७ नम्बर अंक ल्याउँदै देशभरमा प्रथम भएको थियो । यस्तै धादिङबेसी नीलकण्ठ नगरपालिकाले बीचबजार क्याम्पस चोकमा स्वर्गिय विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा वीपी पार्क निमार्ण गरेको छ । आठ आना जग्गामा फैलिएको उक्त वीपी पार्क नीलकण्ठ नगरपालिका, डिभिजन वन कार्यालयको आर्थिक सहयोग र स्थानीयको जन श्रमदानबाट बनाईएको हो ।