धादिङका नारायण सिलवाल फोटो पत्रकार बागमती प्रदेशको अध्यक्षमा निर्वाचित

Avatar photo
Dhadingpost
पुस २५, २०७८

धादिङ । राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा पुनः धादिङका नारायण सिलवाल चयन भएका छन् । शनिबार चितवनको सौराहामा सम्पन्न अधिवेशनले अध्यक्षमा सिलवाललाई पुनः निर्विरोध गरेको हो ।

अधिवेशनबाट समूहको उपाध्यक्षमा मकवानपुरका कपिल खड्का, सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल, कोषाध्यक्षमा सुरक्षा न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा मनिश दुवाडी (धादिङ), बलवीर भुजेल (सिन्धुली), सागर गिरी (चितवन), सन्तोष वास्ताकोटी (चितवन) र नवराज श्रेष्ठ (रामेछाप) निर्विरोध निर्वाचित भए भने ३ सदस्य पछि कार्य समितिले थप्ने बताईएको छ ।

अधिवेशनको अवसरमा समूहले २ दिने फोटो पत्रकारिता तालिम पनि सम्पन्न गरेको छ । सहभागीहरूलाई राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त, महासचिव नवराज श्रेष्ठ, वरिष्ठ फोटो पत्रकार सुनिल शर्माले फोटो पत्रकारिता सम्बन्धि आधारभूत तालिम प्रदान गरेका थिए ।

तालिममा बागमती प्रदेशका १३ वटा जिल्लाबाट ३० पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई बागमती प्रदेश अध्यक्ष नारायण सिलवाल, केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त र सल्लाहकार गिरिजा अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए।