धादिङ । धादिङको मलेखुमा सानिमा बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
सानिमा बैकको मलेखु शाखा ९१ औं शाखा हो । मह जोडीले धादिङको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सानिमा बैंकका संचालक बलराम पराजुलीद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।