
धादिङ । धादिङमा सामाजिक कार्य गर्दै आएको रोटरी क्लव अफ धादिङले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोटरी क्लव अफ धादिङ नीलकण्ठ नगरपालिका वडा नंं. १२ स्थित नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले शैक्षिक सामाग्री वितरण गरेको हो ।
रोटरी क्लव अफ धादिङले Happy School प्रोजेट अन्तरगत उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको अध्यक्ष भीमबहादुर श्रेष्ठले रोटरी क्लव धादिङले सामाजिक काम मध्ये शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई मा सहयोग गर्दै आएको छ । गाउँघरका सरकारी विद्यालयका विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित हुन नदिन शैक्षिक सामाग्री वितरण गरेको अध्यक्ष श्रेष्ठ जानकारी दिए ।
कार्यक्रममा पूर्व अध्यक्ष अशोक कुमार बस्नेतले रोेटरी क्लव स्वार्थभन्दा माथि उठेर सामाज सेवा गर्ने सवित्र उद्देश्यका साथ विभिन्न पेशा, व्यवसाय संलग्न मानिसहरुको गैर राजनीतिक संठन भएको क्लवले संसारभरि सामाजिक सेवाको क्षेत्रमा अग्रणी भूमिका खेलेको बताए ।
नवदुर्गा आधारभुत विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद लम्सालले गरिब, विपन्न, पिछडीएका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरि रोटरी क्लव अफ धादिङ महत्वपूर्ण सहयोग गरेको बताए ।
रोटरी क्लव अफ धादिङको अध्यक्ष भीम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष राम बहादुर नेपाली , प्रधानाध्यापक ठाकुर प्रसाद लम्साल , रोटरी क्लव अफ धादिङको पूर्व अध्यक्ष अशोक कुमार बस्नेत , आगामी अध्यक्ष रोहित भण्डारी , सचिव राम रिजाल तथा सदस्यहरु विष्णु श्रेष्ठ, रेशु अधिकरी , ईश्वर कडेल को सहभागिता रहेको थियो ।