कोरोनाले भलिबल प्रशिक्षक विष्टको निधन

Avatar photo
Dhadingpost
आइतवार, पुस १८, २०७८

काठमाडौं । एपिएफ क्लबको महिला भलिबल टोलीका पूर्व प्रशिक्षक ज्ञानेन्द्र विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रमण भएपछि पुस १२ गते उनलाई एपिएफ अस्पतालमा भर्ना गरिएको थियो । टिकापुरका स्थायी बासिन्दा ४२ वर्षे विष्टलाई काठमाडौं ल्याउनु अघि ५ दिनसम्म कोहलपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।

नेपाल एपिएफ फुटबल क्लबका व्यवस्थापक समेत रहेका विष्टका समकालिन खेलाडी विजय केसीका अनुसार बलम्बुस्थित एपिएफ अस्पतालमा शनिबार साँझ ६:५० बजे उनको मृत्यु भएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।