
धादिङ । नेकपा एकीकृत समाजवादी पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको अध्यक्षमा परशुराम दुवाडी चयन भएका छन् । धादिङवेसीमा आयोजित प्रथम जिल्ला भेलाबाट दुवाडीको अध्यक्ष्तामा ५१ सदस्यीय जिल्ला समिति बनेको हो ।
वागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रथम जिल्ला भेलाबाट उपाध्यक्षमा केशव रुपाखेती, सचिवमा नवराज गिरी, कोषाध्यक्षमा कृष्ण सिलवाल चयन भएका छन् ।
कार्यक्रममा नेता गुरु बुर्लाकोटी, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष महेश्वर पाण्डे, महासचिव हरिदेव यादव, सचिव जनक देवकोटा लगायतको विशेष आतिथ्य रहेको थियो ।