धादिङकी सुमित्रा सहित ८ जनाको सेनाद्वारा सामुहिक हत्या, आज १९ औं स्मृति दिवस

Avatar photo
शुसिला रिजाल
शुक्रबार, पुस १६, २०७८

धादिङ । तात्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङको नीलकण्ठ नगरपालिका सिम्ले निवासी सुमित्रा तमु (तारा) सहित ८ जनालाई आजैका दिन एकै ठाउँमा तात्कालिन सेनाले सामुहिक हत्या गरेको थियो । सुमित्रा सहित ८ जनाको वर्वतापूर्वक भएको उक्त हत्या काण्ड रसुुवाको डाँडा गाउँमा आजैका दिन अर्थात २०५९ पौष १६ गते भएको थियो ।

सुमित्रा तमु (तारा) को संक्षिप्त परिचय

धादिङ जिल्ला नीलकण्ठ सिम्लेमा बाबा रविलाल तमु र आमा दुढीमाया तमुको कोखबाट २०३६ साल भाद्र २८ गते सुमित्रा तमु तारा जन्म भएको हो । दाजु आइते, लिला, भाई हरी, दिदी सेती र बहिनी सर्मिला तमु हुनुहुन्छ । किसान परिवारमा जन्मेकी ताराले नजिकैको कालिका प्राविबाट कक्षा ५ को पढाई, ८ सम्मको पढाई सरस्वती मावि धुँवाकोटबाट गर्नुभयो । कृषि पेशानै जीबिको पार्जनको आधार भएको निम्न मध्यम संयुक्त परिवारका तारा बाल्यकालमा निकै दुख सँग हुर्कनु भएको हो ।

जनयुद्धले स्थापित गरेको सुमित्राको नाम तारा हो । उहाँ सानै देखि मिलनसार, नम्रबोली हसिलो, ख्याल ठट्टा गर्ने स्वभाव दिएको कार्य जसरी भएपनि पुरा गर्ने खालको हुनुहुन्थ्यो । उहाँकोे परिवार पहिला एमाले हुनुहुन्थ्यो र २०५६ साल पछि माओवादी पार्टीमा लाग्नु भयो । सुमित्राले पढाई छोडेपछि सिलाई बुनाईको तालिम लिनु भयो ।

२०५७ साल मंसिरमा भुमिगत जीवन अंगाल्दै ताराले त्यहि साल नै पार्टी सदस्यता प्राप्त गर्नु भयो । पार्टीको इलाका सदस्य, तमु रामुमो जिल्ला सचिव, अनेमसंघ (क्रान्तिकारी) को २०५८ मा जिल्ला सदस्य बन्न सफल ताराले जिल्ला भरिका जनजाति तथा तमुहरुलाई जनयुद्धको आवश्यकता र महत्व पढाउनु भएको पाईन्छ ।

जिल्ला क्षेत्र, प्राविधिक, आधारभुत फौजि तालिम समेत लिगेकी तारा केहि समय स्क्वायर्डको सदस्य बनेर नुवाकोट धादिङमा काम गर्नुभयो । नुवाकोटको तारुका चौकी आक्रमण लगायत विभिन्न तत्कालिन फौजी र सेवोटेजका कार्वाहिमा सहभागी तारा निकै निडर हुनुहुन्थ्यो ।

उहाँले धादिङ, नुवाकोट र रसुवा तिनै जिल्लामा काम गर्नुभयो । यसै शिलसिलामा उहाँ लगायत सम्पुर्ण टिम अभियानमा थियो । उक्त अभियानको क्रममा रसुुवा जिल्लाको तात्कालिन डाडा गाउँमा अघिल्लो दिन कार्यक्रम गरेर त्यही वास बस्नु भयो । उक्त कुरा स्थानिय सुराकी मार्फत आर्मी ब्यारेकमा पुगेपछी कालीका स्थानबाट राति नै आएको सेनाले बिहान ३ बजे नै बस्ती घेरा हाल्यो ।

असाध्यै वाक्लो गाउँ, दुश्मनको मजबुत घेरा तोड्न कठिन पर्यो दुश्मनले भटाभट ८ जना निसस्त्र माओवादी योद्धा माथि गोलि हानि सामुहिक हत्या गर्यो । यसरी २०५९ पुस १६ गते ८ जना सहयोद्धाको साथमा ताराले सहादत प्राप्त गर्नुभएको थियो ।