महिला भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत

Avatar photo
Dhadingpost
बिहिबार, पुस १५, २०७८

काठमाडौं । एसियन सेन्ट्रल जोनमा अपराजित बन्दै विजेता बनेको नेपालको महिला भलिबल टिमलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । लगातार दोस्रोपटक च्याम्पियन बनेको महिला भलिबल टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थल पुगेका थिए ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले जित्न सफल भयो ।

नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।