
काठमाडौं । कामको खोजिमा सुर्खेतबाट काठमाडौं आएकी महिलालाई नयाँ बसपार्कको होटलमा बन्धक बनाई पालैपालो बलात्कार गर्ने नौजना पक्राउ परेका छन । पीडित महिला अहिले अस्पतालमा उपचार छिन् ।
पक्राउ पर्ने नौ युवकमध्ये आठजना मुगुको छायाँनाथ नगरपालिकाका छन् । हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद छायाँनाथ नगरपालिकाका हुन् । अर्का आरोपी गोपालकुमार शिरीष भने अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिमा बस्दै आएका युवक हुन् ।
आरोपी र पीडितबीच पूर्वचिनजान होइन । प्रहरीका अनुसार पीडित १२ पुस ९ मा सुर्खेतबाट काठमाडौं आएको देखिन्छ । उनी काठमाडौं आएपछि बसपार्कमै उनीहरूको चिनजान भएको थिए ।
महिला कमजोर अवस्थामा प्रहरी कार्यालय पुगेकी थिइन् । उनको शरीरमा बाहिरी चोटपटक भने छैन । घटनामा गेस्टहाउसका सञ्चालकको समेत लापरबाही देखिएको र त्यसमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।